°
, June 4, 2023 in

अन्तिमा ६ मिनेटमा २ आत्मघाती गोल गरेपछि युरोपा लिगमा युनाइटेड रोकियो

SHARE:

२ आत्मघाती गोल गरेपछि युरोपा लिगमा म्यान्चेस्टर युनाइटेड बराबरीमै रोकिएको छ। बिहीबार राति भएको खेलमा २ आत्मघाती गोल गरेपछि युनाइटेड स्पेसिन क्लब सेभियासँग २–२को बराबरीमा रोकियो।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा पहिलो हाफमै दुई गोलको अग्रता बनाएको युनाइटेडले अन्तिम ६ मिनेटमा दुई आत्मघाती गोल उपहार दिएको थियो ।

युनाइटेडका लागि मार्सेल साबिट्जरले १४औं र २१औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। उनले पहिलो गोल ब्रुनो फर्नान्डेस र दोस्रो गोल एन्थोनी मार्सियलको पासमा गरेका थिए।

युनाइटेड खेलमा सहज अवस्थामा थियो। तर, ८४औं मिनेटमा टारेल मलमासिया आफ्नौ पोष्टमा गोल गरेपछि सेभियाले खेलमा फर्किने सम्भावना देखायो। यस्तै, इन्जुरी टाइममा ह्यारी मग्वायरले आफ्नै पोस्टमा गोल गरेपछि खेल २–२को बराबरीमा आयो।

क्वार्टरफाइनलको दोस्रो लेग अप्रिल २० मा सेभियाको मैदानमा हुनेछ ।

इटालियन क्लब युभेन्ट्लसे भने पहिलो लेगमा पोर्चुगिज क्लब स्पोर्टिङ सीपीलाई १–० ले हरायो । युभेन्ट्सका लागि लागि मैदान फेडेरिको गाट्टीले गोल गरे ।

अर्को इटालियन क्लब रोमा भने डच क्लब फेयेनुर्डसँग १–० ले पराजित भयो । फेइनुर्डका लागि म्याट्स विफरले गोल गरे। त्यसअघि रोमाका लरेन्जो पेलेग्रिनीले पेनालटीले गोल गर्न असफल भएका थिए ।

अर्को खेलमा जर्मन क्लब बायर लेभरकुजन र बेल्जियन क्लब युनियल एसटी जिलोइसले १–१ को बराबरी खेलेका छन्।

SHARE: