°
, June 2, 2023 in

६ वर्षपछि म्यान्चेस्टर युनाइटेडले जित्यो उपाधि

SHARE:

म्यान्चेस्टर युनाइटेडले ६ वर्ष लामो उपाधिको खडेरी तोडेको छ। उसले ६ वर्षपछि पहिलो उपाधिका रुपमा कारबाओ कप जितयो ।

आइतबार राति वेम्लीमा भएको फाइनलमा उसले न्युकासललाई २–० ले हरायो। युनाइटेडको जितमा ब्राजिलका मिडफिल्डर कासेमिरो र मार्कस रास्फोर्डले गोल गरे।

३३ औं मिनेटमा कासेमिरोले गोल गर्दै युनाइटेडलाई सुरूआती अग्रता दिलाए। मार्कुस रासफोर्डले ३९औं मिनेटमा दोस्रो गोल गर्दै युनाइटेडलाई पहिलो हाफमै २–० को अग्रता दिलाए।

त्यसपछि गोल नहुँदा युनाइटेडले ६ वर्षपछि उपाधि जित्यो । डच प्रशिक्षक एरिक टेन हाको आगमनपछि युनाइटेडले यस सिजन २०१७ यता पहिलो उपाधि जितेको हो।

युनाइटेडले पछिल्लो पटक सन् २०१६–१७ को सिजन जोस माउरिन्होको प्रशिक्षणमा युरोपा लिग जितेको थियो। यस्तै त्यही वर्ष लिग कपको पनि उपाधि जितेको थियो।

SHARE: