°
, June 4, 2023 in

लिड्समाथि युनाइटेडको जित, वुल्भ्सले लेस्टरलाई हरायो

SHARE:

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ। आइतबार राति भएको खेलमा युनाइटेडले लिड्स युनाइटेडलाई ४–२ ले हराएको हो ।

युनाइटेडको जितमा ह्यारी मग्वाएर, फ्रेड, ब्रुनो फर्नान्डेस र एन्थोनी इलान्गाले गोल गरे भने लिड्सका रोड्रिगो मोरेनो र राफिन्हाले गोल गरेका थिए ।

मग्वाएरले ३४औं मिनेटमा गोल गर्दै युनाइटेडलाई सुरुआती अग्रता दिलाए। पहिलो हाफको इन्जुरी समयमा ब्रुनो फर्नान्डेजले गोल गर्दै युनाइटेडलाई २–० को स्थितिमा ल्याए ।

दोस्रो हाफमा २ मिनेटमा २ गोल गर्दै लिड्सले खेलमा फर्कने प्रयास गरेको थियो । ५३औं मिनेटमा रोड्रिगो मोरेनोले गोल गर्दै लिड्सलाई २–१ को स्थितिमा ल्याए। ५४औं मिनेटमा राफिन्हाले गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए।

७०औं मिनेटमा फ्रेडले गोल गरेपछि युनाइटेडले पनि खेलमा अग्रता लिाये । त्यसपछि खेलको ८८औं मिनेटमा एन्थोनी इलान्गाले गोल गर्दै युनाइटेडलाई ४–२ ले विजयी बनाए।

जितसँगै २६ खेलबाट ४६ अंक जोडेको युनाइटेड लिग तालिकाको चौथो स्थानमा रहेको छ। पराजित लिड्स २४ अंक जोडेर १५ औं स्थानमा रहेको छ।

यसैगरी अर्को खेलमा वुल्भ्सले लेस्टर सिटीमाथि २–१को जित निकाल्यो । वुल्भ्सका रुवेन नभेस र ड्यानिअल पोडेन्सले गोल गरे भने लेस्टरका एड्मोला लोकमनले गोल गरेका थिए।

SHARE: