डच मिडफिल्डर डोनी भान डे विक इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेड आउने भएका छन् । युनाइटेडले २३ वर्षीय युवा मिडफिल्डर भित्र्याउ ४० मिलियन पाउण्ड खर्चिने भएको छ ।
औपचारिक सम्झौता नभए पनि युनाइटेडले डच क्लब आयक्ससँग ४० मिलियन पाण्डमा भान डे बिक भित्र्याउन सहमति गरिसकेको बताइएको छ । रोनाल्ड कोम्यान बार्सिलोनाको प्रशिक्षक बनेपछि भान डे बिक बार्सिलोना जाने चर्चा चलेको थियो ।
युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायर २३ वर्षीय नेदरल्याण्ड्सका अन्तर्राष्ट्रिय खेलाडी डे बिकको ठूलो प्रशंसक हुन् र सोल्सायरले उनको खेल धेरै पटक हेरेका छन् । भान डे बिकको ट्रान्सरका विषयमा यसै साता सम्झौता हुने बताइएको छ ।
भान डे बिकले केही दिनअघि आयाक्स खेलाडीहरुसँग आफू क्लब छाड्ने र युनाइटेड जाने बताएका थिए । युनाइटेडले विकसँग ५ वर्षको सम्झौता गर्ने बताइएको छ । यो विकको अनुबन्ध यो सिजन युनाइटेडको पहिलो अनुबन्धन हुने छ ।
अयाक्सले २०१९ मा च्याम्पियन्स लिगको सेमिफाइनलसम्म पुग्दा बिकले उत्कृष्ट प्रदर्शन गरेका थिए।