इपिएलका ४२ जनामा कोरोना संक्रमण, युनाइटेड र ब्रन्टफोर्डबीचको खेल स्थगित

इंग्लिस प्रिमियर लिगका ४२ जनामा कोरोना संक्रमण पुष्टी भएइको छ। पछिल्लो पटक गरिएको परिक्षणमा खेलाडी र पदाधिकारी गरि ४२ जनामा संक्रमण पुष्टी भएको छ।

प्रिमियर लिगका ब्राइटन, टोटेनहम, लेष्टर सिटी, म्यानचेस्टर युनाइटेड, एस्टन भिल्ला र नर्विच सिटीका खेलाडी र पदाधिकारीमा कोभिड देखिएको बताइएको छ।

जनवरीपछि पहिलो पटक ठुलो संख्यामा खेलाडी र पदाधिकारीमा संक्रमण देखिएपछि केही खेलहरु स्थगित गरिएको छ। संक्रमणकै करण गतसाता टोटनहम र ब्राइटनबीचको खेल स्थगित गरिएको थियो भने यो साता हुने म्यान्चेस्टर युनाइटेड र ब्रेन्टफोर्डबीचको खेल पनि स्थागित गरिएको छ।