एपिएफलाई हराउँदै मनाङ दोस्रो स्थानमा उक्लियो

Read Time:1 Minute

ए डिभिजन लिगको सर्वाधिक सफल क्लब मनाङ मर्स्याङ्दी लिगको दोस्रो स्थानमा उक्लिएको छ। शनिबार दशरथ रंगशालामा भएको खेलका विभागीय टिम एपिएफ क्लबलाई २-१ ले हराउँदै मनाङ अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको हो।

दशरथ रंगशालमा मनाङले एक गोलले पछि परेको अवस्था उल्टाउँदै एपीएफलाई हरायो। खेलमा मनाङका कमल थापा र सायिद जमोल दाभ्लातजोनोभले गोल गरे भने एपिएफका अर्मान्ड बेउडमले गोल गरे।

अर्मान्ड बेउडमले ३४औं मिनेटमा नविन लामाको क्रस हेड गोल गर्दै एपीएफलाई अग्रता दिलाए। ५२ औं मिनेटमा मनाङका कमल थापाले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

त्यसपछि मनाङका लागि वैकल्पिक खेलाडी सायिद जमोल दाभ्लातजोनोभले ७२ औं मिनेटमा गोल गरे । लिगमा उज्वेकिस्तानी खेलाडी सायिद जमोलको लिगमा यो तेस्रो गोल हो ।

अपराजित रहेको मनाङले पाँच खेलमा ३ जित र २ बराबरीबाट ११ अंक जोडेको छ । शीर्ष स्थानको सातदोबाटो भन्दा एक अंकले पछि रहेको मनाङले अर्को अपराजित टोली चर्च ब्वाइज युनाइटेड समान अंक छ ।

Happy
Happy
38 %
Sad
Sad
13 %
Excited
Excited
25 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
25 %
Previous post रोड रेसको उपाधि आर्मीका मुकेश र पुलिसकी राजपुरालाई
Next post रंगशालामा क्रिकेटर सम्मानित
Close