लिगको सर्वाधिक सफल क्लब मनाङ मर्स्याङ्दी बराबरीमा रोकिएको छ। शनिबार दशरथ रंगशालामा भएको खेलमा मनाङ सातदोबाटो युथ क्लबसँग गोलरहित बराबरीमा रोकिएको हो।
लिगमा लागतार ६ खेल हारेको मनाङले पछिल्ला २ खेलमा ४ अंक जोड्न सफल भएको छ । योसँगै उसको रेलिगेसन दबाब कम भएको छ। प्रतिस्पर्धात्मक खेल दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन्।
बराबरीसँगै युवा प्रशिक्षक विष्णु गुरुङ मनाङमा आफ्नो प्रशिक्षण यात्रा थालेका छन्। उनी २ दिनअघि मात्र २ वर्षका लागि मनाङको प्रशिक्षक नियुक्त भएका थिए।
यस बराबरीसँगै सातदोबाटो २३अंकसहित तेस्रो स्थानमा उक्लिएको छ भने मनाङ १९ अंकसहित नवौं स्थानमै छ।