सहिद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्बलले विजयी सुरुआत गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राष्ट्रिय टिमका डिफेन्डर दिनेश राजवंशीले निर्णायक गोल गरेपछि मनाङले जावलाखेल युथ क्लबमाथि १–०को जित निकाल्यो।
खेदमा दबाब बनाए पनि अग्रता लिन मनाङलाई दोस्रो हाफसम्म कुर्नुपरेको थियो । ५७औं मिनेटमा दिनेश राजवंशीले दयानन्द सिंहको कर्नरमा गोल गर्दै मनाङलाई अग्रता दिलाए।
लिगमा सोमबार त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लब तथा साविक विजेता मछिन्द्र फुटबल क्लब र एनआरटी बीच खेल हुनेछ ।