पेप ग्वार्डिओलाको टिम म्यान्चेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको समेमिफाइनलमा पुगेको छ । क्वार्टरफाइनलको दोस्रो लेगमा जर्मन क्लब बोरुसिया टर्डमन्डलाई उसकै मैदानमा २–१ले हराउँदै समग्रमा ४–०को जितसहित सिटी सेमिफाइलनमा पुगेको हो।
पहिलो लेगमा घरेलु मैदानमा २(१ को जित हात पारेको सिटीले दोस्रो लिगमा डर्टमण्डको मैदान पनि उही नतिजा हात पारेको हो । जहाँ सिटीले एक गोलले पछि परेको स्थितिमा पुनरागमन गर्दै २ गोल गर्यो ।
जुडे बेलिङ्टनले १५औं मिनेटमा गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाएका थिए । सिटीका लागि रियाद महारेजले ५५औं मिनेटमा पेनाल्टीबाट बराबरी गोल फर्काए । ७५औं मिनेटमा फिल फोडेनले गोल गर्दै जित दिलाए ।
सिटीले अब फाइनल प्रवेशका लागि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनसँग प्रतिस्पर्धा गर्नेछ ।