इंग्लिस प्रियिमर लिगमा म्यान्चेस्टर सिटीले सानदार जित निकालेको छ। शनिबार राति घरेलु मैदानमा भएको खेलमा म्यान्चेस्टर सिटीले नर्विच सिटीमाथि ५–०को सानदार जित निकाल्यो।
म्यान्चेस्टर सिटकिो सानदार जितमा ज्याक ग्रेलिस, रहिम स्टर्लिङ, अमेरिक लेपोर्ट र रियाद महारेजले गोल गरे । सिटीले पहिलो हाफमा २ र दोस्रो हाफमा ३ गोल गरेको थियो।
७औं मिनेट आत्मघाती गोल मार्फत सिटीले अग्रता लियो । ग्याब्रिअल जेसुसको क्रस नर्विचका डिफेन्डरले रोक्दा गोलकिपर टिम क्रुलमा डिफ्लेक्ट हुँदै गोल भएको थियो । २२औं मिनेटमा जेसुकै क्रसमा ग्रेलिसले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए।
सिटीमा ग्रेलिसको यो पहिलो गोल हो । उनी यसै सिजन कीर्तिमानी १ सय मिलियन युरोमा एस्टन भिल्लबाट सिटी आएका हुन्। उनी प्रिमियर लिगका महँगा खेलाडी हुन्।
६४औं मिनेटमा डिफेन्डर लेपोर्टले गोल गर्दै सिटीलाई ३–०को अग्रता दिलाए । ७१औं मिनेटमा जेसुसकै पासमा सब्टिच्यूट खेलाडी रहिम स्टर्लिङले गोल गर्दै सिटीलाई ४–०को अवस्थामा पु¥याए। ८४ औं मिनेटमा रुबेन डियासको पासमा महारेजले गोल गर्दै सिटीलाई ५–०को सहज जित दिलाए ।
म्यान्चेस्टर सिटीले पछिल्ला पहिलो होमगेममा १२ जित निकालेको छ । त्यसमध्ये उसले १ हार र २ बराबरी खेलेको छ। पेप ग्वार्डिओला सिटीमा प्रशिक्षकका रुपमा आएपछि प्रियिमर लिगमा सिटीले ५ र ५ गोलभन्दा बढी मार्जिनले जितेको यो ४९औं खेल हो।