म्यान्चेस्टर सिटीकाको साँधुरो जित, रोकियो युनाइटेड

Read Time:2 Minute

इंग्लिस प्रिमियर लिगको शीर्ष दुईमा अहिले म्यान्चेस्टरका दुई क्लब सिटी र युनाइटेड छन् । सिटी शीर्ष स्थानमा रहँदा युनाइटेड दोस्रो स्थानमा छ । शनिबार यी दुवै क्लब मैदानमा उत्रिए । सिटीको प्रतिद्वन्द्वी सेफिल्ड युनाइटेड थियो भने म्यान्चेस्टेर युनाइटेडले आर्सनको सामाना गरेको थियो ।

म्यान्चेस्टर सिटीले सेफिल्डविरुद्ध १–०को साँघुरो जित निकाल्दा म्यान्चेस्टर युनाइटेड भने आर्सनलसँग गोलरहित बराबरीमा रोकियो । यो बराबरीले युनाइटेडले सहरी प्रतिद्वन्द्वी सिटीसँग अकं बराबरी गर्ने अवसर गुमायो ।

घरेलु टिम सिटीको जितमा गाब्रियल जेसुसले गोल गरे। उनकै एक मात्र गोल सिटीले स्पष्ट तीन अंक पाएको हो। खेलको नवौं मिनेटमा नै फेरान टोरेसको क्रस पासमा गाब्रियल जेसुसले गोल गरे। पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको सिटीले दोस्रो हाफमा पनि आफ्नो अग्रतालाई कायमै राख्दै जित निकालेको हो।

शनिबार राति नै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेडले आर्सनलसँग गोलरहित बराबरी खेलेको छ। यता, न्यु क्यासलले एभर्टनलाई २–० गोलले हराँदा क्रिस्टल प्यालेसले वुल्भ्सलाई १–० ले हराएको छ। त्यस्तै, एस्टन भिल्लाले साउथह्याम्पटनलाई १–० ले पराजित गर्दा फुलहाम र वेस्ट ब्रुम भने २–२ गोलको बराबरीमा रोकिएका छन्।

२० खेलमा ४४ अंकसहित सिटी शीर्ष स्थानमा छ भने २१ खेलमा ४१ अंक जोडेको युनाइटेड दोस्रो स्थानमा छ । ३९ अंक जोडेको लेस्टर सिटी तेस्रो र ३७ अंक जोडेको लिभरपुल चौथो स्थानमा छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post रियल मड्रिड लेभान्टेसँग पराजित
Next post बर्नेलीमाथि चेल्सीको सहज जित
Close