इंग्लिस क्लब म्यान्चेस्टर सिटीका जर्मन मिडफिल्डर इल्के गुन्डोगानलाई कोरोना संक्रमण पुष्टी भएको छ । सिजन सुरु गर्नुअघि गरिएको पछिल्लो परीक्षणमा गुन्डोगानमा कोरोना संक्रमण देखिएको सिटीले जनाएको छ ।
कोरोना सक्रमण देखिएका गुन्डोगानले अब १० दिन सेल्फ आइसोलेसनमा बस्ने छन् । उनले अब प्रिमियर लिगका २ र कारबाओ कपको एक खेल गुमाउने छन् । सिटीले बिहीबार कारबाओ कपमा बोर्नेमाउथ र प्रिमियर लिगमा आइतबार लेस्टर सिटीको सामाना गर्दै छ ।
सिटी एक विज्ञप्ति जारी गर्दै गुन्डोगानलाई कोरोना संक्रमण देखिएको जनाउँदै उनको शिघ्र स्वास्थ्य लाभाको कामना गरेको छ । सिटीले आजै राति १ बजे वुल्भ्ससँग खेल्दै प्रिमियर लिगको सुरुवात गर्ने छ ।
गुन्डोगानले जर्मनीका लागि युईएफए नेसन्स लिगअन्तर्गतको स्पने र स्वीट्जरल्यान्डविरुद्धका दुवै खेल खेलेका थिए । दुई साताअघि सिटीका रियाद महारेज र अमेरिक लेपोर्टमा कोरोना संक्रमण देखिएको थियो । कोरोना मुक्त हुँदै उनीहरु प्रशिक्षणमा फर्किसकेका छन् ।