म्यान्चेस्टर डर्बीमा सिटीले युनाइटेडलाई हरायो

इंग्लिस प्रिमियर लिगको सबैभन्दा ठूलो डर्बी भिडन्त म्यानचेस्टर डर्बीमा म्यानचेस्टर सिटी विजयी भएको छ। शनिबार राति भएको डर्बीमा सिटीले युनाइटेडलाई उसकै मैदानमा २–० ले हराएको हो।

सिटीको जितमा बर्नार्डो सिल्भाले गोल गरे भने अर्को गोल आत्मघाती भएको थियो। सिटीले दुवै गोल पहिलो हाफमा गरेको थियो।

सातौं मिनेटमा सिटीले सुरुआती अग्रता लियो। युनाइटेडका एरिक बेलीले आत्मघाती गोल गरेपछि सिटीले अग्रता लियो। ४५औं मिनेटमा बेर्नार्डो सिल्भाले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे। उनले जोआ क्यान्सेलोको पासमा गोल गरेका थिए।

ेखेलमा ६८ प्रतिशत बल पोजेसन बनाउँदै युनाइटेडको पोस्टमा १६ सट प्रहार गरेकोमा ५ सट फ्रेममा थियो । यता, युनाइटेडले ५ सट प्रहार गरेकोमा १ सट मात्र फ्रेममा थियो।

जितपछि सिटी दास्रो स्थानमा उक्एिको छ। उसको ११ खेलमा २३ अंक भएको छ। यता, युनाइटेड भने १७ अंकका साथ पाँचौं स्थानमा छ।

जितसँगै सिटी ११ खेलबाट २३ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ। पाँचौं स्थानमा रहेको युनाइटेडको ११ खेलबाट १७ अंक छ।