इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडमाथि जित हात पारेको छ।
आइतबार राति सम्पन्न खेलमा सिटीले युनाइटेडलाई ४–१ गोल अन्तरले हराएको हो। सिटीको जितमा केभिन डे ब्रुएन र रियाद महरेजले २/२ गोल गरे। युनाइटेडका जाडोन सान्चोले एक गोल फर्काए।
घरेलु मैदानमा सम्पन्न खेलमा सिटीले पाँचौं मिनेटमा ने अग्रता लिएको थियो। ब्रुएनले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए। तर, खेलको २२ औं मिनेटमा सान्चोले गोल गर्दै युनाइटेडलाई बराबरीमा ल्याए।
ब्रुएनले खेलको २८ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि सिटीले २–१ को अग्रता बनायो। खेलको ६८ औं मिनेटमा महरेजले गोल गर्दै सिटीलाई ३–१ को स्थितिमा पुर्याए। खेलको इन्जुरी समयमा महरेजले व्यक्तिगत दोस्रो गोल गरेपछि सिटीले ४–१ को जित निकाल्यो।
जितसँगै लिग तालिकाको शीर्ष स्थानमा रहेको सिटीले २८ खेलबाट ६९ अंक जोडेको छ। सिटी दोस्रो स्थानको लिभरपुलभन्दा ६ अंकले अघि रहेको छ। लिभरपुलले उक खेल कम खेलेको छ
पराजित युनाइटेड ४७ अंकका साथ पाँचौं स्थानमा रहेको छ।