आर्सनलले युनाइटेडलाई हरायो

Read Time:1 Minute

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल विजयी भएको छ । आइतबार राति भएको पिर्रे अमेरिक औबामियाङले निर्णायक गोल गरेपछि आर्सनलले म्यान्चेस्टर युनाइटेडलाई १–०ले हरायो ।

ओल्ड ट्राफोर्डमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६९ औं मिनेटमा औबामियाङले पेनाल्टीबाट निर्णायक गोल गरेका हुन् । युनाईटेडका पाउल पोग्बाले आफ्नो पेनाल्टी क्षेत्रमा हेक्टर बर्लिनलाई फउल गरेपछि आर्सनलले पेनाल्टी पाएको थियो ।

त्यस बाहेक दुबै टिमले गोलको अन्य केही अवसर खेर फालेको थियो । यस्तै बल पोजिसनमा पकड जमाए पनि युनाईटेडले आर्सनलविरुद्ध गोल गर्न सकेन ।

यसैगरी अन्य खेलमा एभर्टनले पहिलो पराजय बेहोरोको छ । आइबार राति एभर्टन न्युकास्ल युनाइटेडसँग २–१ले पराजित भयो । यस्तै, एस्टन भिल्ला साउथह्याम्पटनसँग ४–३ले पराजित भयो ।

यो जितसँगै आर्सनलले ७ खेलमा १२ अंक जोडेको छ । आर्सनल तालिकाको आठौं स्थानमा रहेको छ । युनाईटेड भने ६ खेलमा ७ अंक जोडेर १५ औं स्थानमा रहेको छ । १३ अंक जोडेको एभर्टन तेस्रो स्थानमा छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post बेल गोल गर्दा टोटनह्याम विजयी
Next post रियलका ब्राजिलियन डिफेन्डरलाई कोरोना
Close