म्यानचेस्टर युनाइटेडले अर्को सिजन च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ। बिहीबार राति ओल्ड ट्राफोर्डमा चेल्सीलाई ४–१ ले हराउँदै युनाइटेड च्याम्पियन्स लिगमा स्थान पक्का गरेको हो।
युनाइटेडको जितमा कासेमिरो, एन्थोनी मार्सियल, ब्रुनो फर्नान्डेस र मार्कस रोस्फोर्डले गोल गरे। यता, चेल्सीका लागि जोआओ फेलिक्सले सान्त्वना गोल गरे।
कासेमिरोले छैटौं मिनेटमा पहिलो गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए। यस्तै मार्सियलले पहिलो हाफको इन्जुरी टाइममा गोल गर्दै अग्रता दोब्बर पारे । ब्रुनो फर्नान्डेजले ७३औं र मार्कुस रासफोर्डले ७८औं मिनेटमा गोल गरेपछि युनाइटेडले ४–० को अग्रता बनायो ।
चेल्सीका लागि जाआओ फेलिक्सले ८९औं मिनेटमा सान्त्वना गोल गरे।
जितसँगै अन्तिम खेलअघि ७० अंक जोडेर तेस्रो स्थानमा उक्लिएको युनाइटेडको शीर्ष चारमा स्थान पक्का भएको हो।
युनाइटेडले शीर्ष चारमा स्थान पक्का गरेसँगै लिभरपुलको च्याम्पियन्समा छनोट हुने सम्भावना सकिएको छ। उसले अब युरोपा लिग खेल्नेछ।