फर्नान्डेस र पोग्बा चम्किँदा म्यान्चेस्टर युनाइटेडकाे सानदार जित

मिडफिल्डरद्वय ब्रुनो फर्नाडेन्स र पाउल पोग्बा चम्किएपछि इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडले सानदार सुरुआत गरेको छ। शनिबार घरेलु मैदान ओल्डट्राफोर्डमा भएको खेलमा फर्नान्डेसले ह्याट्रिक र पालउ पोग्बाले ह्याट्रिक असिस्ट गरेपछि युनइटेडले लिड्स युनाइटेडमाथि ५–१को सानदरा जित निकाल्यो।

युनइटेडलाई सहज जित दिलाउने क्रममा फर्नान्डेसको ह्याट्रिका अलावा मासन ग्रीनउड र फ्रेडले पनि गोल गरे। लिड्सका लुक एलिङले गोल गरेका थिए।

घरेलु मैदानमा ३०औं मिनेटमा युनाइटेडले अग्रता लियो । युनइटेडका लागि फर्नान्डेसले पोग्बाको पासमा गोल गरेका थिए। पहिलो हाफ १–०मै सकियो। दोस्रो हाफको सुरुआतमै सुरुआतमै लिड्सले गोल गर्दै खेललाई बराबरीमा ल्यायो। उसका एलिङले लङ रेन्जबाट उत्कृष्ट गोल गरेका थिए।

खेल बराबरीमा आएको ६ मिनेटभित्र २ गोल गर्दै युनाइटेडले खेलमा ३–१को अग्रता लियो। ५२औं मिनेटमा पोग्बाकै पासमा ग्रीनउडले गोल गरेका थिए भने ५४औं मिनेटमा फर्नान्डेसले पनि पोग्बाकै पासमा गोल गरेका थिए।

त्यसपछि ६०औं मिनेटमा फर्नान्डेसले नै गोल गर्दै टिमको अग्रता ४–१मा पु¥याए भने आफ्नो ह्याट्रिक पनि पुरा गरे। उनले भिक्टर लेन्डिलोफको लामो पासमा वान टचमा भली गोल गरेका थिए। ६४औं मिनटमा पोग्बाकै पासमा फ्रेडले गोल गरेपछि युनाइटेडले खेल ५–१ले जित्यो।

यही खेलमार्फत युवा विंगर जाडोन सान्चोले पनि युनाइटेडमा डेब्यू गरे। उनी ७५औं मिनेटमा ड्यानिअल जेम्सलाई रिप्लेस गर्दै मैदान प्रवेश गरेका थिए। सान्चो यसै सिजन बोरुसिया डर्टमन्डबाट ८५ मिलियन युरोमा युनाइटेड आएका हुन्।

म्यान्चेस्टर युनाइटेले लिगको पहिलो खेलमा ५ गोल गरेको यो केवल दोस्रो पटक मात्र हो । यसअघि उसले सन् २००६मा फुलहमलाई ५–१ले नै हराएको थियो। यस्तै, युनाइटेडले लागतार २० सिजन प्रिमियर लिगको पहिलो खेल जितेको छ।