आजबाट भराने बने युनाइटेडका खेलाडी

स्पेनिस क्लब रियल मड्रिडका फ्रेन्च डिफेन्डर राफायल भराने आजबाट इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडका खेलाडी बनेका छन्। शनिबार लिड्स युनाइटेडविरुद्धको लिगको पहिलो खेलअघि युनाइटेडले भरानेलाई ओल्र्डट्राफोर्डमा सार्वजनिक गरेको हो।

दुई साताअघि नै भराने रियल छाड्दै युनाइटेड आउने पक्का भए पनि औपचारिक सम्झौता भएको थिएन। भराने ४१ मिलियन पाण्डमा युनाइटेड आएका हुन्।

२८ वर्षीय भरानेले युनाइटेडसँग ४ वर्षको सम्झौता गरेका छन् । उनी अब सन् २०२५ सम्म ओल्र्डट्राफोर्डमा रहने छन्। युनाइटेडमा भराने १९ नम्बरको जर्सीमा देखिने छन्।

एक दशक रिजयमा बिताउँदा भरानलेले ३६० खेल खेल्दै १७ गोल गरेका छन् । उनले रियलबाट ४ च्याम्पियन्स लिग र फिफा क्लब विश्वकप, ३ ला लिगा र सुपर कोपा डे स्पाना र एक कोपा डेल रे उपाधि जितेका छन्।