लिभरपुलसँग म्यान्चेस्टर युनाइटेडको लज्जास्पद हार, सलाहको ह्याट्रिक

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले लज्जास्पद हार बेहोरेको छ । आइतबार राति घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेड लिभरपुलसँग ५–०को फराकिलो अन्तरले पराजित भएको हो।

युनाइटेडविरुद्ध लिभरपुरलाई सानदार जित दिलाउन मोहम्मद सलाहले ह्याट्रिक गर्दा नाबी केइटा र डिएगो जोटाले पनि गोल गरे।

नाबी केइटाको पाँचौं मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । १३औं मिनेटमा जोटाले लिभरपुलको अग्रता दोब्बर बनाए । त्यसपछि ३८औं मिनेट र इन्जुरी टाइमा सलाहले गोल गर्दै पहिलो हाफमा लिभरपुललाई ४–०को अग्रता दिलाए।

५० औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई ५–०को अवस्थामा ल्याए भने आफ्नो तेस्रो ह्याट्रिक पुरा गरे। ६०औं मिनेटमा पाउल पोग्बा रातो कोर्ड पाएपछि युनाइटेड १० खेलाडीमा समेटियो । उनी दोस्रो हाफमा मात्र मैदान प्रवेश गरेका थिए।

म्यान्चेस्टर युनाइटेडविरुद्ध लगातार दुई खेल ५ भन्दाबढी गोल गरेर गोल नखाइ खेल जित्ने लिभरपुल एक्लो टिम हो । जितपछि २१ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा छ। युनाइटेड १४ अंकसहित सातौं स्थानमा छ।