‘डेडलाइन डे’मा काभानीसहित युनाइटेडले भित्र्यायो चार खेलाडी

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले समर ट्रान्सफको अन्तिम दिन अर्थात ‘डेडलाइन डे’मा उरुग्वेका स्ट्राइकर इडिन्सन काभानीसहित ४ खेलाडी अनुबन्धन गरेको छ ।

समर ट्रान्सफको अन्तिम दिन सोमबार युनाइटेडले काभानीसहित एफसी पोर्तोबाट डिफेन्डर एलेक्स टेलेसलाई अनुबन्धन गरेको छ । यस्तै, युनाइटेडले २ युवा विंगर पनि अनुबन्धन गरेको छ । उसले एट्लान्टाबाट एडम टायोरे र उरुग्वेको क्लब पेनारोलबाट फाकुन्डो पेलिस्ट्रीलाई अनुबन्धन गरेको छ।

प्रिमियर लिगमा खराब प्रदर्शन गरेपछि ट्रान्फर विन्डोको अन्तिम दिन युनाइटेड निकै बिजी देखियो। उसले काभानीलाई फ्रि ट्रान्सफरमा अनुबन्धन गरेको भने पोर्तोबाट ब्राजिलियन डिफेन्डर भित्र्याउन १५ मिलियन युरो खर्चियो भने एट्लान्टाका युवा स्ट्राइकर भित्र्याउन ४१ मिलियन र पेलिस्ट्रीलाई ८ मिलियन युरोमा भित्र्यायो ।

गत जुनमा फ्रेन्च क्लब पिएसजीसँगको सम्झौता सकिएपछि क्लबबिहीन रहेका काभानीले युनाइटेडसँग १ वर्षको सम्झौता गरेका छन् । बोरुसिया डर्टमन्डका युवा स्ट्राइकर जोर्डन सान्चो भित्र्याउन प्रयास गरेको युनाइटेडले उनी नआउने देखेपछि फ्रि ट्रान्सफरमा काभानी ल्याएको हो।

काभानी विश्व फुटबलको उत्कृष्ट सेन्टर स्ट्राइकर मध्ये एक हुन्। उलने क्लब फुटबलमा ५५६ क्लब खेलमा ३४१ गेल गरेका छन् । उनले पीएसजीका लागि ३०१ खेलमा २ सय गोल पुरा गरेका छन्। उनले उरुग्वेका लागि ११६ अन्तराष्ट्रिय खेलमा ५० गोल गरेका छन्।

यस्तै २७ वर्षीय लेफ्ट ब्याक टेलेसले पोर्तोबाट १९५ खेल खेल्दै २६ गोल गरेका छन् । उनी सन् २०१६मा टर्किस क्लब गालातासारेबाट पोर्तो आएका थिए । दुई लिगसहित ४ उपाधि जितेका छन् ।

यस्तै, आइभोरी कोस्टका १८ वर्षीय युवा स्ट्राइकर भित्र्याउन युनाइटेडले ठूलो रकम खर्चियो । आइभोरी कोस्टकै बोका बार्कोबाट १३ वर्षको उमेरमा उनी एट्लाको एकेडेमीमा आएका थिए । उनले गत सिजन एट्लान्टाको सिनियर टिममा डेब्यू गरेका थिए । उनले ३ खेलमा १ गोल गरेका छन् । उमेर हदका कारण उनी जनवरीमा मात्र युनाइटेड आउने छन् । पेलिस्ट्रीले पेनारोलको सियिनर टिमबाट ३७ खेल खेल्दै २ गोल गरेका छन् ।