°
, June 7, 2023 in
0

एभर्टनले युनाइटेडलाई रोक्यो, भिल्लासँग हार्‍यो आर्सनल

SHARE:

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा २–०को अग्रता जोगाउन नसक्दा युनाइटेड एभर्टनले ३–३ गोलको बराबरी खेल्न बाध्य भएको हो ।

युनाइटेडका लागि इडिन्सन काभानी, ब्रुनो फर्नान्डेस र स्कट म्याकटोमिनले गोल गर्दा एर्भटनका एब्डाउलय डाउकोउर, जेम्स रोड्रिगेज र डोमिनिक काल्भर्ट लेविनले गोल गरे।

२४ औं मिनेटमा काभानीले गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई सुरुवाती अग्रता दिलाए । ४५औं मिनेटमा फर्नान्डेसले गोल गरेपछि पहिलो हाफमा युनाइटेडले २–०को अग्रता लियो । दोस्रो हाफ सुरु भएको ४ मिनेट नबित्दै डाउकोउरले गोल गर्दै एभर्टनलाई खेलमा फर्काए ।

५२औं मिनेटमा जेम्स रोड्रिगुएजले गोल गरेपछि एभर्टनले खेललाई २–२ गोलको बराबरीमा ल्यायो । ७० औं मिनेटमा स्कट म्याकटोमिनले गोल गर्दै पुनः युनाइटेडलाई अग्रता दिलाए । तर, खेलको इन्जुरी समयमा काल्भर्ट लेविनले गोल गर्दै खेललाई ३–३ गोलको बराबरी ल्याए ।

यसैगरी शनिबार राति नै भएको अर्को खेलमा आर्सनल एस्टनभिल्लासँग १–०ले पराजित भएको छ । घरेलु मैदानमा ओलेइ वाट्किन्सले दोस्रो मिनेटमै गरेको गोल मद्दतमा भिल्लाले आर्सनललाई पराजित गरेको हो । यस्तै, न्युक्यासलले साउथह्याम्पटनलाई ३–२ ले हराउँदा बर्नली र ब्राइटनले १–१ गोलको बराबरी खेलेका छन् । यस्तै, फुलहाम र वेष्टहामले भने गोलरहित बराबरी खेले ।

बराबरीपछि युनाइटेडले शीर्ष स्थानको म्यानचेस्टर सिटीसँगको अंक बराबरी गर्ने मौका गुमाएको छ। युनाइटेडको २३ खेलबाट ४५ अंक छ भने सिटीको २१ खेलबाट ४७ अंक छ। एभर्टन भने २१ खेलबाट ३७ अंक बनाउँदै लिगको छैटौं स्थानमा उक्लिएको छ।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *