इंग्लिस प्रिमियर लिगको डिफेडिङ च्याम्पियन म्यान्चेस्टर सिटी पुनः शीर्ष स्थानमा फर्किएको छ । टोटनह्यमलाई १–०ले पराजित गर्दै सिटी तालिकाको शीर्ष स्थानमा पुगेको हो ।
टोटनहमको घरेलु मैदान वेम्वलीमा भएको खेलमा सिटीलाई जिताउन रियाद महरेजले निर्णायक गोल गरे । उनले छैठौं मिनेटमा गरेको गोल नै निर्णायक साबित भयो । महारेजले रहिम स्टर्लिङको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए ।
यो खेलपछि सिटीले १० खेलबाट २६ अंक जोड्दै शीर्ष स्थानमा पुगेको छ । समान खेलबाट समान अंक भए पनि लिभरपुल गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ । यस्तै २४ अंकसहित चेल्सी तालिकाको तेस्रो स्थानमा छ भने २२ अंक जोडेको आर्सनल चौथो र २१ अंक जोडेको टोटनह्याम पाँचौ स्थानमा छ ।