°
, June 4, 2023 in
क्लब फुटबलफुटबलसमाचार

रियलमाथि सिटीको प्रभावशाली जित, सिटीले उपाधिका लागि इन्टरसँग खेल्ने

SHARE:

इंग्लिस क्लब म्यानचेष्टर सिटी युरोपियन च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ। रियल मड्रिडलाई समग्रमा ५–१को प्रभावशाली जित निकाल्दै सिटी दोस्रो पटक फाइनलमा पुगेको हो।

घरेले मैदानमा भएको सेमिफाइनल दोस्रो लेगमा सिटीले रियलमाथि ४–०को जित निकाल्यो । यसअघि २०२१ मा फाइनल पुगेको सिटी चेल्सीसँग पराजित भएको थियो ।

सिटीले अब उपाधिका लागि इटालियन क्लब इन्टरसँग आगामी जुन १० मा टर्कियको इस्तानबुलमा प्रतिस्पर्धा गर्नेछ।

रियलको मैदानमा भएको सेमिफाइनलको पहिलो लेगमा सिटीले १(१ को बराबरी खेलेको थियो । घरेलु मैदान एतिहाड स्टेडियममा भएको दोस्रो लेगमा सिटीले सानदार प्रदर्शन गर्दै एकपक्षिय जित निकाल्यो ।

सिटीले पहिलो हाफमा २३औं र ३७औं मिनेटमा गोल गर्दै २(० को अग्रता बनाएको थियो । दोस्रो हाफमा पनि सिटीले दुई गोल नै गर्‍यो । मानुएल अकान्जीले ७६औं र जुलियन अल्भारेजले खेलको इन्जुरी टाइममा गोल गरे ।

सिटी यसअघि च्याम्पियन्स लिगमा दुई पटक सेमिफाइनलमा रियलसँग पराजित भएको थियो । तर यस पटक सिटीले सानदार प्रदर्शन गर्दा रियलविरुद्ध प्रभावशाली जित हात पारेको हो ।

SHARE: