°
, June 2, 2023 in
0

माने चम्किँदा लिभरपुलले चेल्सीलाई हरायो

SHARE:

सेनेगल स्ट्राइकर साडियो माने चम्किएपछि लिभरपुलले प्रिमियर लिगमा दोस्रो जित निकालेको छ । आइतबार राति स्टामफोर्ड ब्रिजमा भएको खेलमा मानेले दुई गोल गरेपछि लिभरपुलले चेल्सीलाई २–०ले हरायो।

खेलको पहिलो हाफा गोलरहित बराबरीमा सकिएको थियो । तर, पहिलो हाफको अन्तिम मिनेटमा चेल्सीका डिफेन्डर एन्ड्रियास क्रिस्टिन्सन रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि चेल्सी दबाबमा आएको थियो।

५०औं मिनेटमा रोबर्टो फिर्मिन्होको क्रममा मानेले हेर्डमार्फत गोल गर्दै लिभरपुललाई अग्रता दिलाए। लगत्तै चेल्सीको किपरको गम्भीर गल्तीमा मानेले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए । डिफेन्डरले ब्याक पास दिएको बलमा केपा अरिजाबलागाले डिबक्सभित्रै रहेका मानेलाई पास दिँदा ५४औं मिनेटमा उनले गोल गरेका थिए ।

७५औं मिनेटमा चेल्सीले खेलमा फर्किने राम्रो अवसर पायो । प्राप्त पेनाल्टीमा जर्गिन्हो गोल गर्न असफल भए । चेल्सका टिमो वार्नरलाई डिबक्समा लगाएछि प्राप्त पेनाल्टीमा जर्गिन्होको प्रहार एलिन्सनले रोकएका थिए । जर्गिन्हो फुटबल करियरमा पहिलो पटक पेनाल्टीमा गोल गर्न असफल भए।

नयाँ सिजनका लागि खेलाडी खरिदमा ठुलो रकम खर्च गरेको चेल्सीले लिभरपुललाई गतिलो चुनौती दिन सकेन । मुख्य खेलाडीको रुपमा अनुबन्धन गरेका टिमो वार्नर र काइ हाभर्ट्जले प्रिमियर लिगको दोस्रो खेलमा समेत गोल गर्न सकेनन्।

चोट र फिटनेसका कारण चेल्सीले नयाँ तीन खेलाडीलाई लिभरपुलबिरुद्ध उतार्न पाएन । हाकिम जियाच चोट ग्रस्त छन् भने डिफेन्डर थियागो सिल्भा र चिलवेल फिट हुने तयारी गर्दैछन् । क्रिस्टियन पुलिसिक समेत चोटका कारण प्रिमियर लिगका सुरुवाती दुई खेल गुमाईसकेका छन् ।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *