°
, June 1, 2023 in

संकटाले भित्र्यायो स्टार स्ट्राइकर मनिष डाँगी

SHARE:

ए डिभिजन क्लब संकटाले नेपाली राष्ट्रिय टिमका स्टार स्ट्राइकर मनिष डाँगीलाई अनुबन्धन गरेको छ। विंगर मनिषलाई संकटाले लिग च्याम्पियन मछिन्द्रबाट अनुबन्धन गरेको छ।

लिग जित्ने लक्ष्यसहित संकटाले स्टार खेलाडीहरुलाई अनुबन्धन गरिरहेको छ। यसअघि उसले राष्ट्रिय टिमका सुनिल बल, आयुष घलान, सुरजज्यु ठकुरी, गौतम श्रेष्ठ, निशान खड्का र गोलकिपर टिकेन्द्र थापालाई अनुन्धन गरेको थियो।

संकटाले बिहीबार सामाजिक सञ्जालमार्फत २१ वर्षीय मनिषलाई अनुबन्धन गरेको जनाएको छ।

अघिल्लो सिजन मनिषले च्याम्पियन मछिन्द्र क्लबबाट ए डिभिजन लिग खेलेका थिए। अघिल्लो सिजन ९ खेल खेलेका उनीले अझै लिगमा गोल गर्न सकेका छैनन्।

सन् २०२१ मा राष्ट्रिय टिममा डेब्यू गरेका मनिषले १४ खेल खेल्दै २ गोल गरेका छन्।

नयाँ सिजनको ए डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ। यो पटक लिग डल राउन्ड रोबिनका आधारमा हुनेछ।

SHARE: