°
, June 1, 2023 in

अञ्जन विष्ट सर्वोत्कृष्ट खेलाडी, मनिष डाँगी बने उत्कृष्ट युवा खेलाडी

SHARE:

फुटबबलरद्वय अञ्जन विष्ट र मनिष डाँगीले पल्सर स्पोर्ट्स अवार्डमा फरक विधामा अवार्ड जितेका छन्। मंगलबार भएको अवार्डमा अञ्जन वर्षको उत्कृष्ट पुरुष खेलाडी बन्दा मनिष युवा वर्ष खेलाडी बने।

त वर्ष गरेको प्रदर्शनका आधारमा उनलाई पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत वर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड प्रदान गरेको हो । यो विधामा फुटबलका विष्टसहित किरण चेम्जोङ, क्रिकेटका कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरी तथा ब्याडमिन्टनका प्रिन्स दाहाल मनोनयनमा परेका थिए ।

उनीहरुलाई पछि पार्दै अवार्ड हात पारेका अञ्जनले विश्वकप छनोटमा चाइनिज ताइपेईविरुद्ध गोल गरेका थिए । यस्तै उनले १३ औं साफ च्याम्पियनसीपमा श्रीलंका र बंगलादेशविरुद्ध पनि गोल गरेका थिए ।

उनले पल्सर मोटरसाइकल पुरस्कार पाएका छन् ।

यस्तै उत्कृष्ट युवा खेलाडी बन्ने क्रममा मनिषले महिला फुटबलकी प्रिती राई, बक्सिङका छिरिङ वाङ्दी शेर्पा, भलिबलकी उषा भण्डारी र ब्याडमिन्टनकी रशिला महर्जनलाई उछिने।

मनिषले २०७८ जेठमा इराकविरुद्ध डेब्यू खेलमै गोल गरेका थिए । त्यस्तै उनले साफ च्याम्पियनसिपमा मालदिभ्सविरुद्ध समेत गोल गरेका थिए । गत वर्ष मच्छिन्द्रलाई ए डिभिजन लिगमा च्याम्पियन बनाउन उनको महत्त्वपूर्ण भूमिकासमेत थियो।

SHARE: