नेपाली राष्ट्रिय फुटबल टिमका युवा स्टार मनिष डाँगीले डिफेन्डिङ च्याम्पियन मच्छिन्द्र क्लबबाट एडिभजिन लिग खेल्ने भएका छन्। आसन्न ए डिभजिन लिगका लागि मच्छिन्द्रले मनिषलाई अनुबन्धन गरेको हो।
गत जेठमा इराकसँगको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टिममा डेब्यु गरेका मनिष अहिले नेपाली टिमका सबैभन्दा उत्कृष्ट युवा खेलाडी हुन् । उनले डेब्यू खेलमै उत्कृष्ट गोल गरेका थिए ।
कोरियामा उमेर समूहको क्लब फुटबल खेलेका मनिषले मोफसलका नकआउट प्रतियोगिता थ्री स्टारबाट खेलेका थिए भने गत वैशाखमा भएको नेपाल सुपर लिग विराटनगर सिटी एफसीबाट खेलेका थिए।
मच्छिन्द्रले मनिषको अनुबन्धन रकम नखुलाएपनि उनलाई मासिक १ लाख बढी रकमा अनुबन्धन गरेको बताइएको छ।