नेपाली प्रशिक्षक मनिष बने भारतको आईलिग टिम गाेकुलम केरालाकाे प्रशिक्षक

नेपाली प्रशिक्षक मनिष तिम्सिनाले भारतीय शीर्ष डिभिजन फुटबल लिग आईलिग टिमलाई प्रशिक्षण दिने भएका छन् । एएफसीको ए लाइसन्स कोष गरेका मनिष आईलिग क्लब गोकुलम केरलामा गोलकिपर प्रशिक्षकका रुपमा अबाद्ध भएका छन्।

आईलिगमा प्रशिक्षकमा रुपमा आबद्ध हुने पहिलो नेपाली हुन्। तिम्सिनाले केरलासँग एक सिजनका लागि सम्झौता गरेका हुन् । उनको सम्झौता स्न २०२२को मे अन्तिमसम्म रहनेछ।

तिम्सिना अहिले धरान एकेडेमीमा गोलकिपर प्रशिक्षका रुपमा कार्यरत छन्। केरलासँग सम्झौता गरेपछि तिम्सिनाले यो नपाली फुटबलका लागि पनि खुसीको खबर भएको बताए । यसले नेपालमा स्तरीय प्रशिक्षक छन् भन्ने विश्वास दिलाएको उनले बताए ।