°
, June 7, 2023 in

क्यानसँग कुरो नमिलेपछि भारत लागे प्रभाकर, चार महिनामै नेपाली टिम छाड्ने

SHARE:

नियुक्त भएको चार महिनामै मुख्य प्रशिक्षक मनोज प्रभाकरले नेपाली राष्ट्रिय क्रिकेट टिम छाडेका छन्।

नेपाल क्रिकेट संघ (क्यन)का पदाधिकारीले पद छाड्न दबाब दिएपछि उनी उतैबाट इमेलमा राजीनामा पठाउने भन्दै प्रभाकर आजै भारत गएका छन्। प्रभाकर गत साउन अन्तिम साता मात्र नेपाली टिमको मुख्य प्रशिक्षक बनेका थिए।

क्यानका पदाधिकारीहरु उनीसँग असन्तुष्ट रहेको र नामिबिया भ्रमणमा पनि टिमले खराब प्रदर्शन गरेपछि प्रभाकर टिम छाड्न दाबब परेको थियो । उनले राजीनाम नदिपनि दोहोरिने सम्भावना नरहेको बताइएको छ।

मुख्य प्रशिक्षक प्रभाकर र क्यान पदाधिकारी बीच आइतबार छलफल भएको थियो । छलफल सामारात्म नभएपछि प्रभाकर इमलबाट राजीनामा दिने भन्दै भारत गएका हुन्। खेलाडीहरूको अर्डर बिगारेको, मन नपरेका खेलाडीहरूलाई बेञ्चमा राखेको, छनोट समितिलाई दबाव दिएको जस्ता क्यान पदाधिकारीले प्रभाकरणमाथि लगाएका छन्।

SHARE: