नेपाली पुरुष भलिबल टिम श्रीलंकासँग पराजित

Read Time:1 मिनेट

बंगलादेशमा जारी एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा नेपाली पुरुष टिम पराजित भएको छ। शनिबार ढाकास्थित शाहिद सुरवार्दी इन्डोर स्टेडियममा भएको खेलमा नेपाल श्रीलंकासँग ३–१को सेटमा पराजित भयो ।

खेलको पहिलो सेट श्रीलंकाले २५–१८ ले जितेको थियो । दोस्रो सेट नेपालले २५–२२ ले जित्दै खेललाई १–१को बराबरीमा ल्यायो । त्यसपछिका दुई सेट २५–१६ र २५–१५ ले जित्दै श्रीलंकाले ३–१को जित निकाल्यो ।

प्रतियोगितामा नेपालको पुरुष टोलीको यो दोस्रो हार हो । यसअघि नेपाल आयोजक बंगलादेशसँग ३–०को सोझो सेटमा पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले उज्वेकिस्तानमाथि ३–१को जित निकालेको थियो ।

अब नेपालले आइतबार माल्दिभ्सको सामना गर्नेछ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post प्रधानमन्त्री महिला कप क्रिकेट : उपाधिका लागि एपिएफ र प्रदेश १ भिड्दै
Next post श्रीलंकासँगको हारसँगै एसिया कपबाट बाहिरियो नेपाल
Close