म्याराडोनाले गरे मेसीको आलोचना

अर्जेन्टिनी लिजेन्ट फुटबलर तथा पूर्वप्रशिक्षक डिएगो म्याराडोनाले अर्जेन्टिनी फुटबल टिमको आलोचना गरेका छन् । अघिल्लो साता भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिना भेनेजुएलासँग ३–१ ले पराजित भएपछि म्याराडोनाले अर्जेन्टिनाको आलोचना गरेका हुन् ।

यसैगरी म्यारोडोनाले वर्तमान अर्जेन्टिनी कप्तान लियोनल मेसीको समेत आलोचना गरेका छन् । मेसी असाधारण खेलाडी भएपछि उनले आलोचनालाई वेवास्ता गरेको आरोप म्याराडोनाको छ ।

म्याराडोनाले भनेका छन्, ‘मेस्सीले आलोचकहरूलाई बेवास्ता गरेका छन् । यसमा उनको गल्ती छैन । उनी एक खराब टिममा छन् । जुन टोली सधै मेस्सीमा निर्भर हुने गर्छ,’ म्यारोडोनाले थपे, ’मेसी एक असाधारण खेलाडी हुन, तर मेसीसँग साबित गर्न केही छैन ।’

भेनेजुएलासँगको पराजयपछि अर्जेन्टिनी टिमका चौतर्फी आलोचना भइरहेको छ । अजेन्टिनाको नराम्रो पराजयपछि क्रुद्ध बनेका म्याराडोनाले वर्तमान खेलाडी अर्जेन्टिनाको जर्सी लगाउन योग्य नभएको प्रतियक्रिया दिएका छन् ।

विश्वकप विजेता म्याराडोनाले भेनेजुएला जस्तो कमजोर टिमसँग पारजित हुने खेलाडीले अर्जेन्टिनाको जर्सी लगाउन नसुहाउने बताएका छ ।

यस्तै म्यारोडोनाले अर्जेन्टिना पुरानो लयमा फर्केको हेर्ने चाहना रहेको बताए । उनले अर्जेन्टिना फुटबलका अध्यक्ष क्लाउडियो तापियाले त्यो लय फर्काउने विश्वास रहेको बताए ।