बंगलादेशमा नेपाललाई स्वर्ण दिलाउने एथ्लेटिक्स टिम स्वदेश फर्कियो

Read Time:1 Minute

बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा नेपाललाई स्वर्णसहित तीन पदक दिलाएको नेपाली टिम शनिबार स्वदेश फर्किएको छ ।

बंगलादेशको ढाकामा जनवरी २० मा भएको प्रतियोगितामा १० नेपाली खेलाडीले फुल र हाफ म्याराथनमा प्रतिस्पर्धा गरेका थिए । नेपालले १ स्वर्ण र २ कांस्य पदक जितेको थियो।

दक्षिण एसियाली प्रतिस्पर्धामा पुष्पा भण्डारीले राष्ट्रिय कीर्तिमानसहित म्याराथनमा स्वर्ण जितिन् । पुष्पाले सन् २०२१ मा पनि स्वर्ण जितेकी थिइन् । सन् २०२२ मा भने पुष्पा कांस्यमा सीमित भएकी थिइन् ।

यस्तै, विन्द्राधन्के श्रेष्ठले सोही स्पर्धामा कांस्य हात पारिन्भने गोपीचन्द्र पार्की हाफ म्याराथनमा कांस्य जिते।

टोलीलाई नेपाल एथलेटिक्स संघका सचिव आरके विष्ट, एथलेटिक्सका प्रमुख प्रशिक्षक चन्द्र गुरुङ, ओलम्पियन प्रमिला रिजाललगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे।

Happy
Happy
80 %
Sad
Sad
2 %
Excited
Excited
6 %
Sleepy
Sleepy
2 %
Angry
Angry
4 %
Surprise
Surprise
6 %
Previous post लय समात्न प्रयासरत चेल्सी र लिभरपुलले खेले बराबरी
Next post क्यामरुनी क्लबलाई हराउँदै आयोजक वालिङले जित्याे वालिङ गोल्डकप
Close