रियल मड्रिडका स्ट्राइकर मारियानो डियाजलाई कोरोना

ला लिगा च्याम्पियन रियल मड्रिडका स्ट्राइकर मारियानो डियाजलाई कोरोना संक्रमण पुष्टी भएको छ । ला लिगा सकिएपछि गरिएको परीक्षणमा डियाजमा संक्रमण देखिएको हो ।

कोरोना संक्रमण देखिएका आफ्ना २६ वर्षीय स्पेनिस स्ट्राइकर डियाज पूर्ण रुपमा स्वस्थ्य रहेको रियलले जनाएको छ । कोरोना संक्रमण देखिएको डिजायलाई सेल्फ आइसोलेसनमा राखिएको क्लबले जनाएको छ ।

‘तपाईंहरुको सपोर्टका लागि धेरै धेरै धन्यवाद ! म एकदमै ठीक छु । परिवार र अन्यबाट राम्रो साथ पाएको छु,’ मारियानो डियाजले इन्स्टाग्राममा भिडियो पोस्ट गर्दै भनेका छन्, ‘अहिले घरमै आइसोलेसनमा छु, चाँडै नै समान्य जीवनमा फर्कनमा विश्वस्त छु । सहकर्मी र टिमसँग चाँडै उपलब्ध हुने विश्वास छ ।’

कोरोना संक्रमण देखिएपछि डियाजले म्यान्चेस्टर सिटीसँगको च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेग गुमाउने भएका छन् । रियल र सिटीको बीचको खेल अगस्त ७मा एतिहाद रंगशालामा हुने छ ।

तीन सिजन रियलमा बिताएका डियाजले रियलबाट ४० खेल खेल्दै १० गोल गरेका छन् । यो सिजन भने उनले ७ खेलमा १ गोल गरेका छन् । उनले सिजनको एकमात्र गोल इएल क्लासिकोमा गरेका थिए ।