ओलम्पिकमा स्वर्ण जित्ने मेरी कोमको सपना अधुरै

भारतीय चर्चित महिला बक्सर मेरी कोम ओलम्पिकमा स्वर्ण जित्ने सपना अधेरै रहेको छ। टोक्यो ओलम्पिकको बक्सिङमा अन्तिम १६बाटै बाहिरिए पछि उनको ओलम्पिकमा स्वर्ण जित्ने सपना अधुरै रहेको हो। ३८ वर्षीय कोमको यो अन्तिम ओलम्पिक सहभागी हो।

कोम अन्तिम १६ कोलम्बियाकी इन्ग्रिट भ्यालेन्सियासँग पराजित भइन् । महिलाको फ्लाईवेट ४८–५१ केजी तौल समूहमा कोम भ्यालेन्सियासँग ३–२ ले पराजित भइन्।

कोमले लण्डन ओलम्पिकमा कास्य पदक जितेकी थिइन्। उनी ६ पटक विश्व च्याम्पियन हुन् । कोमले एसियन गेम्समा समेत स्वर्ण जितेकी छिन्।

Facebook Comments Box