°
, June 4, 2023 in

बलात्कार आरोपमा पक्राउ परेका ग्रीनउड जमानतमा रिहा

SHARE:

म्यानचेस्टर युनाईटेडका युवा फरवार्ड मासन ग्रीनउड रिहा भएका छन्। प्रेमिकामाथि बलात्कार गरेको आरोपमा पक्राउ गरेका ग्रीनउड बुधबार जमानतमा रिहा भएका हुन् ।

ग्रीनउडमाथि प्रेमिका ह्यारिट रोब्सनलाई बलात्कार र कुटपिट गरेको लागेको छ । रोब्सनले इन्स्टागममा ग्रीनउडले आक्रमण गरेको भन्दै रगत बगिरहेको, नील डामसहितको फोटो सार्वजनिक गरेपछि उनलाई प्रहरीले सोमबार पक्राउ गरेको थियो।

पक्राउ परेलगत्तै युनाइडेडले ग्रीनउडलाई अर्को सूचना नआएसम्मका लागि निलम्बन गरेको थियो।

SHARE: