इंग्लिस प्रिमियर लिगमा चेल्सीले सानदार जित निकालेको छ । शनिबार साँझ घरेलु मैदान स्टामफोर्ड ब्रिजमा मेसन माउन्टले ह्याट्रिक गरेपछि चेल्सीले नर्विच सिटीमाथि ७–०को जित निकाल्यो।
दुई मुख्य स्ट्राइकर रोमेलु लुकाकु र टिमो वेर्नरविना मैदान उत्रिएको चेल्सीलाई सानदार जित दिलाउने क्रममा माउन्टको ह्याट्रिकका अलावा कालुम हडसन ओडेइ, रिस जेम्स र बेन चिलवेलले गोल गरे। एक गोल आत्मघाती भएको थियो।
८औं मिनेटमा माउन्टको गोलमा चेल्सीले अग्रता लियो। १८औं मिनेटमा ओडोइले चेल्सीको अग्रता दोब्बर बनाए । ४२औं मिनेटमा जेम्सले गोल गरेपछि चेल्सीले पहिलो हाफमा ३–०को अग्रता लियो।
५७औं बेन चिलवेलले गोल गर्दै चेल्सीलाई ४–०को अवस्थामा ल्याए। त्यसपछि ६२औं नर्विचका म्याक्स आरोनले आफ्ने पोष्टमा गोल गरेपछि चेल्सीले ५–०को अग्रता लियो।
६५औं मिनेटमा नर्विच १० खेलाडीमा समेटियो । उसका बेन गिब्सन दोहोरो पहेँलो कार्ड खाँदै मैदान बाहिरिए। त्यसपछि झन दबाबमा आएको नर्विचविरुद्ध चेल्सीले थप २ गोल ग¥यो ।
८५औं मिनेटमा माउन्टले गोल गर्दै चेल्सीलाई ६–०को अवस्थामा ल्याए । नर्विचका म्याथिस नोर्मनले डिबक्समा ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीमा माउन्टले गोल गरेका थिए । त्यसपछि इन्जुरी समयको पहिलो मिनेटमा माउन्टले गोल गर्दै चेल्सीलाई ७–०को जित दिलाए भने आफ्नो ह्याट्रिक पनि पुरा गरे।
यो जितसँगै चेल्सी ९ खेलमा २२ अंक जोड्दै शीर्ष स्थानमा छ । १ खेल कम खेलेको लिभरपुल १८ अंकसहित दोस्रो स्थानमा छ । नर्विच भने २ अंकसहित पुछारमा छ।