°
, June 4, 2023 in

ब्राजिलियन स्ट्राइकर कुन्या वुल्भ्समा आउने

SHARE:

ब्राजिलियन स्ट्राइकर म्याथिस कुन्या इंग्लिस क्लब वुल्भ्स आउने भएका छन्। स्पेनिस क्लब एट्लेटिको मड्रिडमा पर्याप्त अवसर नपाएपछि २३ वर्षीय कुन्याले क्लब छाड्न लागेका हुन्।

कुन्या वुल्भ्स आउने पक्का भएका खेलाडी ट्रान्सफरका विज्ञ खेलपत्रका फाब्रिसियो रोमानोले उल्लेख गरेका छन्। औपचारिक सम्झौतान नभए पनि कुन्या र वुल्भ्सबीच मौखिक सहमति भइसकेको छ।

कुन्या सन् २०२१मा हर्थ बर्लिनबाट एट्लेटिको मड्रिय आएका थिए। त्यसयता उनले एट्लेटिकोका लागि ५४ खेल खेल्दै ७ गोल गरेका छन्। यो सिजन उनले ला लिगामा एक खेल मात्रै खेलेका छन्।

ब्राजिलका लागि ८ खेल खेलेका कुन्याले टोकियो ओलम्पिकमा ब्राजिललाई स्वर्ण पदक जिताउन मुख्य भूमिका खेलेका थिए।

SHARE: