नयाँ वर्षसँगै लय गुमाएको स्पेनिस जाइन्ट रियल मड्रिड खेलाडी अनुबन्धनमा चासो दिन थालेको छ। रियलले स्ट्रार मिडफिल्डर जुड बेलिङघमलाई भित्र्याउन खोजीरहेको छ भने स्टार स्ट्राइकर केलियन एम्बाप्पेलाई भित्र्याउन पुनः प्रयास गर्नेछ।
यस्तै, रियलले १८ वर्षीय ब्राजिलियन मिडफिल्डर म्याथुस फ्रान्सलाई भित्र्याउन खोजिरहेको छ। १८ वर्षको उमेरमा पनि फ्रान्सले ब्राजिलियन क्लब फ्लेमेङ्गोमा देखाएको परिपक्व खेलका कारण रियलले उनलाई भित्र्याउन खोजिरहेको चर्चित खेलपत्रकार तथा खेलाडी ट्रान्सफरका विज्ञ फाब्रिसियो रोमानाले उल्लखे गरेका छन्।
रियलमा ब्राजिलियन खेलाडीको प्रदर्शन सधैं राम्रो हुने गरेकाले पनि प्रशिक्षक कार्लो एन्सोलोटी फ्रान्सलाई पनि भित्र्याउन चाहन्छन्। अहिले रियलको टिममा ब्राजिलकै भिनिसियस जुनियर, रोड्रिगो र इडर मिलिटाओ मुख्य खेलाडीका रुपमा छन्।
रियलले यसै सिजन उच्च फर्ममा रहेका १६ वर्षीय युवा स्ट्राइकर एन्ड्रिक फिलिपेलाई पनि ६० मिलियन युरोमा पाल्मेरसबाट अनुबन्धन गरेको छ। उनी सन् २०२४मा रियल आउने छन्।
सन् २०२१ मात्र सिनियर लेभनमा डेब्यूमा गरेका फ्रान्स डिफेन्सिभ र अफेन्सिभ दुवैमा उत्तिकै अब्बल छन्। बल पासिङ क्षमता र भिजनमा अब्बल फ्रान्स स्ट्राइकरसँग लिंकअप गर्दै गोलको अवसर सिर्जना गर्न माहि छन्।
रियलले खेल्ने ४–३–३ फर्मेशनका लागि फ्रान्स उपयुक्त भएको हुने बताइएको छ। उनका लागि रियलले १६ मिनिलिय युरो खर्चने बताइएको छ।