अस्ट्रेलियालाई हराउँदै स्वीडेन महिला फुटबलको फाइनलमा, स्वर्णका लागि क्यानडा भिड्ने

अस्ट्रेलियालाई पराजित गर्दै स्वीडेन जापानको टोक्योमा जारी ओलम्पिक महिला फुटबलको फाइनलमा प्रवेश गरेको छ। फाइलनमा स्थान बनाउने क्रममा सोमबा साँझ भएको खेलमा स्वीडेनले अस्ट्रेलियालाई १–०ले हरायो ।

योसँगै ओलम्पिक महिला फुटबलको स्वर्णका लागि स्वीडनेले क्यानडासँग प्रतिस्पर्धा गर्ने छ। स्वीडेन र क्यानडाबीचको स्वर्णको भिडन्त ६ अगस्तमा हुने छ । यस्तै, अस्ट्रेलिया र अमेरिकाबीचको कास्यको भिडन्त ५ अगस्तमा हुनेछ।

अस्ट्रेलियाविरुद्ध स्वीडेनलाई जित दिलाउन फ्रिडोलिना रोल्फोले निर्णायक गोल गरिन् । उनले दोस्रोको पहिलो मिनेटमै गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन्। त्यही गोल स्वीडेनलाई फाइलन पु¥याउन पर्याप्त भयो।

Facebook Comments Box