सारी बने लाजियोका प्रशिक्षक

माउरिसियो सारी इटालीन क्लब लाजियोको प्रशिक्षकमा नियुक्त भएका छन्। लाजियोले सारीलाई बुधबार प्रमुख प्रशिक्षकको जिम्मेवारी दिएको हो।

लाजियोसँग सारीले लाजियोसँग २ वर्षको सम्झौता गरेका छन् । अब उनी सन् २०२३ सम्मको लाजियोमा रहने छन्।

लाजियोमा सारीले सिमोन इन्जाघाीको स्थान लिने छन्। सिजनको अन्त्यसँग इन्जाघीले लाजियो छाडेका थिए।

गत सिजन युभेन्ट्सबाट बर्खास्तीमा परेयता ६२ वर्षीय सारी क्लबबिहीन थिए। उनले नापोली, चेल्सीमा प्रशिक्षकको जिम्मेवारी सम्हालिसकेका छन्।

Facebook Comments Box