इकार्डी लोनमा पिएसजीमा, क्रोएसियन स्ट्राइकर रेबिच एसी मिलानमा

इटालियन क्लब इन्टरमिलानका अर्जेन्टाइन स्ट्राइकर माउरो इकार्डीका फ्रेन्च क्लब पिएसजीमा आबद्ध भएका छन् । उनी लोनमा १ वर्षका लागि फ्रेन्च जाइन्ट पिएसजी आएका हुन् ।

उत्कृष्ट फर्म रहेका इकार्डीले सिजनको अन्त्यसँगै इन्टर मिलान छाड्न चाहेका थिए । एन्टोनियो कोन्टे प्रशिक्षकका रुपमा इन्टर आएपछि इकार्डीले प्रिसिजन टुर पनि बीचमै छाडेका थिए ।

इकार्डीलाई भित्र्याउन युभेन्टस र मोनाको पनि लागेका थिए । तर, ट्रान्सफर विन्डोको अन्तिम दिन इन्टरमिलासँगको सम्झौता रिन्यू गर्दै इकार्डी लोनमा पिएसजी आएका हुन् ।

इटालियन क्लब सम्पडोरियाको बी टिमबाट आएका इकार्डीले सन् २०११ मा सम्पडोरियाको सिनियर टिममा डेब्यू गरेका थिए । त्यहाँ एक सिजन बिताएपछि उनी सन् २०१३ मा इन्टरमिलानमा आबद्ध भएका थिए ।

६ सिजन इन्टर मिलानमा बिताउँदा इकार्डीले २१९ खेल खेल्दै १२४ गोल गरेका छन् । उनले साम्पडोरियाका लागि ३३ खेलमा ११ गोल गरेका छन् । उनले अर्जेन्टिनाका लागि ८ खेलमा १ गोल गरेका छन् ।

यसैसरी जर्मन क्लब फ्यांकफर्टका क्रोएसियन स्ट्राकर एन्टी रेबिच २ वर्षका लागि लोनमा इटालियन क्लब एसी मिलानमा आबद्ध भएका छन् । लोन अवघि सकिएसँगै रेबिचलाई एसी मिलानले स्थायी सरुवा गर्न सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP