त्रिभुवन आर्मी क्लब मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। शुक्रबार दशरथ रंगशालामा शुक्रबार भएको क्वाटरफाइनलमा भनिमण्डल भेट्रान्सलाई ३–० ले रहाराउँदै आर्मी सेमिफाइनलमा प्रवेश गरेको हो।
आर्मीलाई जित दिलाउन पूर्वराष्ट्रिय खेलाडी राजु तामाङ, विकर्ण श्रेष्ठ र हरि महतोले गोल गरे। राजुले छैठौं मिनेटमा गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाए। विकर्णले १६ औं र हरिले ४९ औं मिनेटमा गोल गरेपछि आर्मी ३–०ले विजयी भयो।
फुटबलर्स मिसन टुगेदरको आयोजना गरेको प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार पाउने पाउने छन्।