आर्मीलाई हराउँदै झापा भेट्रान्स कपको फाइनलमा

विभागीय टिम त्रिभुवन आर्मी भेट्रान्स क्लबलाई हराउँदै झापा भेट्रान्स क्लब राजधानीमा जारी मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। दशरथ रंगशालामा आइतबार खेलमा आर्मीलाई २–० ले हराउँदै झापा फाइनलमा पुगेको हो।

बलियो टिम आर्मीविरुद्ध झापाको जित दिलाउने क्रममा भेषराज लिम्बु र श्यामकुमार गोलेले गोल गरे। झापाले दुवै गोल दोस्रो हाफमा गरेको थियो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ४७औं मिनेटमा झापले अग्रता लियो । उसका कप्तान भेषराजले गोल गर्दै झापालाई अग्रता दिलाए। ६० औं मिनेटमा श्यामले गोल गरेपछि झापा २–०ले विजयी भयो।

झापाले उपाधिका लागि एफई खुमलटार भेट्रान्स र एसएनकेसीबीचको विजेतासँग खेल्नेछ। प्रतिया्गिताको विजेताले ५ लाख र उपविजेता टिमले २ लाख ५० हजार रुपैयाँ पाउने छन्।