जुमानुको गोलमा खुमलटारले साइनिङ सनलाई हरायो

मेयर कप भेन्ट्रान्स फुटबलमा खुमटार भेट्रान्स क्लबले लागतार दोस्रो जित निकालेको छ। बिहीबार दशरथ रंगशालामा भएको खेलमा पूवराष्ट्रिय खेलाडी जुमानु राईको गोल मद्दतमा खुमलटारले साइनिङ सन फुटबल एकडेमीलाई ३–०ले हरायो।

यो जितसँगै खुमलटार प्रतियोगिताको नकआट चरणमा प्रवेश गरेको छ। पहिलो खेलमा ललितपुर वडा नं. १४ लाई हराएको खुमलटार ६ अंक जाड्दै नकआउट चरणमा प्रवेश गरेको हो।

खुमलटारलाई जित दिलाउने क्रममा जुमानुसँगै नरेन्द्र लामा र भगवान थापाले पनि गोल गरे ।

फुटबलर्स मिसन टुगेदरको आयोजनामा भइरहेको प्रतियोगितामा कुल २१ टिम सहभगाी छन् । जसलाई ७ समूहमा विभाजन गरिएको छ । समूहका शीर्ष ७ र दोस्रो हुने एक उत्कृष्ट टिमले नकआउट चरणमा स्थान बनाउने छन्। प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार पाउने छन्।