°
, June 1, 2023 in

लगातार तेस्रो हारसँगै आयोजक प्रतियोगिताबाट बाहिरियो, मधेश १ विकेटले विजयी

SHARE:

लगातार तेस्रो खेलमा पराजित भएपछि आयोजक ललितपुर मेयर्स ११ मेयर्स कप महिला टि–२० क्रिकेटबाट बाहिरिएको छ। प्रतियोगिताको तेस्रो खेलमा सोमबार ललितपुर मधेश प्रदेशसँग १ विकेटले पराजित भयो।

पहिला ब्याटिङ गर्दै ललितपुरले दिएको ९७ रनको लक्ष्य मधेशले १९.२ ओभरमा ९ विकेट गुमाएर भेट्टायो । उसका लागि सरस्वती चौधरीले सर्वाधिक ३२ रन बनाइन् भने ओपनर अलिशा यादवले १६, सीमा कँुवरले १५ रनको योगदान दिइन।

ललितपुरका लागि सोनी पाख्रिन र कृतिका मरासिनीले समान २ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुर मेयर्स ११ ले २० ओभरमा ५ विकेट गुमाएर ९६ रन बनाएको हो ।

ललितपुरका लागि सोनी पाख्रिनले सर्वाधिक ३४ रन बनाइन् । उनले ४३ बलमा ३ चौका प्रहार गरिन्। यस्तै, लक्ष्मी चौधरीले २७ बलमा २३ रन बनाउँदा श्रृष्टि जैशीले अविजित १५ रन प्रहार गरिन्।

मधेशका लागि सरस्वती कुमारीले २ तथा रोजी कडारी, अनुराधा चौधरी र कप्तान कविता गौतमले समान १ विकेट दिए।

SHARE: