°
, June 2, 2023 in

एम्बाप्पे र मेसीको गोलमा पिएसजी विजयी

SHARE:

किलियन एमबाप्पे र लियोनल मेसीले गोल गरेको खेलमा पिएसजी विजयी भएको छ। शनिबार राति भएको खेलमा एम्बाप्पे र मेसीको गोल मद्दतमा पिएसजीले लेन्सलाई ३–१ले हरायो।

पिएसजीको जितमा मेसी र एम्बाप्पेसँगै भिटिन्हाले पनि गोल गरे भने लेन्सका प्रेमाइस्ल फ्रांकोस्कीले गोल गरे।

३१औं मिनेटमा एम्बाप्पेको गोलमा खेलमा पिएसजीले सुरुआती अग्रता लियो । यो गोलसँगै एम्बाप्पेले नयाँ कीर्तिमान बनाए। उनी लिगमा सर्वाधिक गोल गर्ने पिएसजीका खेलाडी बनेका छन्। एम्बाप्पेले लिगमा १६९ खेल खेल्दै १३९ गोल गरेका छन्।

त्यसअघि १९औं मिनेटमै लेन्स १० खेलाडीमा समेटिएपछि दबाबमा परेको थियो। उसका अब्दुल समेत रातो कार्ड पाउँदै बाहिरिएका थिए ।

३७औं भिटिन्हाले पिएसजीको अग्रता दोब्बर बनाए। ४०औं मिनेटमा मेसीले गोल गरेपछि पिएसजीले पहिलो हाफमै ३–०को अग्रता लियो। तर, उसले दोस्रो हाफमा थप गोल गर्न सकेन।

दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको लेन्सले६०औं मिनेटमा गोल फर्कायो । उसका फ्रांकोस्कीले पेनाल्टीमा गोल गरे।

जितपछि पीएसजीले दोस्रो स्थानको लेन्समाथि ९ अंकको अग्रतासमेत बनाएको छ । ३१ खेलबाट पीएसजीले ७२ अंक जोडेको छ भने लेन्सको समान खेलबाट ६३ अंक छ ।

SHARE: