फ्रेन्च लिग वानमा पिएसजीले आज राति डिफेन्डिङ च्याम्पियन लिलेको सामना गर्दै छ। तर, सो खेलमा दुई स्टार खेलाडी लियोनल मेसी र किलियन एम्बाप्पे उपलब्ध नहुने सम्भावना छ।
एम्बाप्पेले लिलेविरुद्धको खेल गुमाइ सकेका छन् भन् मेसीले पनि नखेल्ने सम्भावना बढी छ। मेसी र एबाप्पे बिहीबार भएको ट्रेनिङ सेसनमा उपस्थित भएनन् ।
प्रि म्यान कन्फ्रेन्समा प्रशिक्षक माउरिसियो पोचेटिनोले एम्बाप्पे लिलेविरुद्ध नखेल्ने पुष्टी गरे । बिरामी भएकाले एम्बाले लिलेविरुद्धको खेल गुमाएका हुन्। एम्बाप्पे अर्को साताबाट ट्रेनिङमा फर्कने बताइएको छ।
पोचेटिनोले मेसीले पनि नखेल्ने सम्भावना रहेको बताए । मेसीले असहज महसुस गरेकाले बिहीबार सामूहिक ट्रेनिङ नगरेको र एक्लै अभ्यास गरेको बताए ।
यता, मेसी र एम्बाप्पले लिलेविरुद्ध नखेल्ने भएपनि सर्जियो रामोसले भने खेल्ने सम्भावना छ । उनी चोटमुक्त हुँदै सामूहिक अभ्यासमा फर्किएसकेकाले लिलेविरुद्धको खेलमा उपलब्ध हुन सक्नेछन्। सिजनको सुरुआतमा रियल मड्रिडबाट फ्रि ट्रान्सफरमा पिएसजी आएका रामोस डेब्यूको प्रतिक्षामा छन्।