नान्ट्सविरुद्ध एम्बाप्पेको कीर्तिमानी गोल, बने पिएसजीको सर्वाधिक गोलकर्ता

Read Time:2 Minute

किलिएन एमबाप्पे पिएसजीका सर्वाधिक गोलकर्ता बनेका छन्। लिग वान अन्तर्गत शनिबार राति नान्टसविरुद्ध प्राप्त ४–२को जितमा गोल गरेसँगै एम्बाप्पे पिएसजीको सर्वाधिक गोलकर्ता बनेका हुन्।

२४ वर्षीय स्ट्राइकर एम्बाप्पेले पिएसजीका लागि २०१ गोल गरेका छन्। उनले यसक्रममा एडिन्सन काभानीको कीर्तिमान तोडेका हुन्।

काभानीको कीर्तिमान तोड्ने क्रममा एम्बाप्पे २४७ खेल खेले । पछिल्ला ४ सिजन लिग वानका सर्वाधिक गोलकर्ता रहेका एम्बाप्पेले यो सिजन ३० गोल र १ असिस्ट गरेका छन्।

घरेलु मैदान पार्क डे प्रिन्समा पिएसजीको जितमा केलियन एम्बाप्पे, लियोनेलल मेसी र डानिलो पेरेइराले गोल गर। एक गोल उपहार पाएको थियो। नान्टेसका लुडोभिक ब्लास र इग्नाटिएस गनागोले गोल गरेका थिए।

खेलको १२औं मिनेटमा मेसीले गोल गर्दै पिएसजीलाई सुरूआती अग्रता दिलाए। खेलको १७औं मिनेटमा जाओविन हड्जामले आत्मघाती गोल उपहार दिएपछि पिएसजको अग्रता दोब्बर भयो।

३१औं मिनेटमा लुडोभिक ब्लास्टले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । ३८औं मिनेटमा गनागोले गोल गर्दै खेललाई पहिलो हाफमा २–२ गोलको बराबरीमा ल्याए।

६०औं मिनेटमा डानिलोले गोल गर्दै पिएसजीलाई पुनः अग्रता दिलाए। त्यसपछि इन्ज्युरी समयमा एम्बाप्पेले गोल गर्दै पिएसजीलाई ४–२ को रोमाञ्चक जित दिलाए।

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post ६ खेलपछि चेल्सीको पहिलाे जित
Next post सेभियाको पोस्टमा एट्लेटिकोको आधा दर्जन गोल
Close