°
, June 2, 2023 in
0

एम्बाप्पेको ह्याट्रिकमा बार्सिलोनामाथि पिएसजीको सानदार जित

SHARE:

किलिएन एमबाप्पेले ह्याट्रिक गरेपछि च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले स्पानिस क्लब बार्सिलोनामाथि उसकै शानदार जित हात पारेको छ । आफ्ना स्टार खेलाडीहरु नेमार र एन्जेल डि मारिया बिनै बार्सिलोना भ्रमणमा भएको पिएसजीले बासिलोनामाथि ४–१को सानदार जित निकाल्यो।

क्याम नेउमा सुरुवाती सुरुवाती अग्रता लिएर पनि बार्सिलोना लज्जास्पद हाल बेहोर्न बाध्य भयो । पिएसजीको जितमा एम्बाप्पेको ह्याट्रिकसँगै मोइस किनले १ गोल गरे । बार्सिलोनाका कप्तान लियोनल मेसीले गोल गरेका थिए ।

क्याम्प नोउमा खेलको २७औं मिनेटमा कप्तान लिओनल मेसीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । बार्सिलोनाका फ्यांकी डि योङलाई कुर्जुवाले लडाएपछि बार्सिलोनाले पेनाल्टी पाएको थियो । तर ३२औं मिनेटमा मार्कौ भेराटीको पासमा एमबाप्पेले गोल गर्दै खेललाई बराबरीमा ल्याए।

दोस्रो हाफमा पीएसजीले तीन गोल गर्‍यो । जसमा एमबाप्पेले दुई गोल गर्दै ह्याट्रिक पूरा गरे । ६५औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई २–१ को अग्रता दिलाए । ७०औं मिनेटमा मोइस केनले पीएसजीको लागि तेस्रो गोल गरे । ८५औं मिनेटमा एमबाप्पेले ह्याट्रिक पूरा गर्दा पीएसजी ४–१ ले विजयी भयो ।

खेलमा ५३ प्रतिशत बल पोजेसन बनाएको थियो। उसले पिएसजीको पोष्टमा १२ सट प्रहार गर्दा ४ सट फ्रेममा थियो। यता पिएसजीले १६ सट प्रहार गरेकोमा ९ सट फ्रेममा थियो।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *