एपिएफलाई हराउँदै शीर्षस्थानमै आर्मी

विभागीय डर्बीमा एपीएफलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब पुनः सहिद स्मारक ए डिभिजन लिगको शीर्षस्थानमै रहेको छ । सातदोबाटोस्थित एन्फा मैदानमा भएको बिहीबार भएको खेलमा एपिएफ क्लबलाई २–१ गोल अन्तरले हराउँदै आर्मी पुनः शीर्षस्थानमा फर्केको हो ।

बिहीबारको पहिलो खेलमा सरस्वती क्लबलाई ६–१ ले हराउँदै मच्छिन्द्र केही समय शीर्षस्थानमा उक्लेको थियो । अंकतालिकामा शीर्ष स्थानको आर्मीको २६ र दोस्रो स्थानको मछिन्द्रको २५ अंक छ। एक खेल कम खेलेको मनाङ मस्र्याङ्दीको १९ अंक छ । ११ खेलबाट पुछारको दोस्रो स्थानमा रहेको एपीएफको ५ छ ।

आर्मीको जितमा फेरि एकपटक मिडफिल्डर सन्तोष तामाङ नायक बने। सन्तोषले १६औं मिनेटमा गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । सन्तोषले पेनाल्टी रिवाउन्डमा गोल गरेका थिए ।

कप्तान भरत खवासलाई रमेश दंगालले पेनाल्टी बक्समा लडाएपछि आर्मीले पेनाल्टी पाएको थियो। सन्तोषले गरेको पेनाल्टी प्रहारलाई एपिएफका गोलरक्षक राजु योगीले रोके पनि रिवाउन्डमा उनले नै गोल गरे ।

३७औं मिनेटमा आशिष लामाको गोल गर्दै खेललाई बराबरीमा ल्याए । आकाश बुढामगरको कर्नरमा आशिषले हेडमार्फत गोल गर्न सफल भएका थिए । सन्तोषले ४२औं मिनेटमा फ्रिकिकमार्फत गोल गर्दै आर्मीको जित सुनिश्चित गरे ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.